स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौला निलम्बनमा
काठमाडौं:स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला निलम्बनमा परेका छन् ।निर्देशक बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको हो।
कार्यकारी निर्देशक बसौलाले स्वास्थ्य बीमालाई हानी गर्ने काम गरिरहेको भन्दै मन्त्रिपरिषदको बुधबारको निर्णय अनुसार निलम्बन गरिएको हो।
बसौलालाई शुक्रबार निलम्बनको पत्र दिइएको छ। पत्रमा स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ।
बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि असोज ४ गते तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरणपनि सोधेको थियो।

Share on Twitter