सुनको भाउ बढ्न थाल्यो
काठमाडौ:शुक्रबार सुनको भाउ बढेको छ । आज सुनको भाउ बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघेको छ । अघिल्लो हप्ता लगातार घट्न थालेको सुनको भाउ यो हप्तादेखि फेरि बढ्न थालेको हो । सुनको भाउ आज तोलामा १ लाख १० हजार १ सय रुपैयाँ पुगेको छ ।
यो भाउ अहिलेसम्मकै उच्च भने होइन । गएको साउन ४ गते सुनको भाउ तोलाको १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Share on Twitter