सवारी साधनको अग्रिम टिकट बुकिङ कहिले ?
काठमाडौं: दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ नखुलाउदा सर्वसाधरण चिन्तित बनेका छन् । अग्रिम टिकट बुकिङ नखुलाउदा दोब्बर/तेब्बर भाडा तिरेर घर जानुपर्ने हो कि भन्ने चिन्ता उनिहरुमा छ ।
विगतका वर्षहरुमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना सुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत खुल्ने तयारी देखिएको छैन ।
देशका मुख्य राजमार्ग बिग्रेका कारण अग्रिम टिकट बुकिङमा ढिलाइ भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।
वरिष्ठ उपाध्यक्ष सिटौला पेट्रोलियम पदार्थको आधारमा ३५ प्रतिशत भाडा समायोजन भए पनि बैंकको ब्याजदर, लुब्रिकेन्ट, टायर, तलब भत्तालगायतका सुविधाका लागि ६५ प्रतिशत भाडामा समायोजन नभएको बताउछन् । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अनजभोलिनै यसबारे निर्णय गर्ने बताए ।
Share on Twitter