सोलुखुम्बु जिल्ला अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार ,आकस्मिक बाहेकका सेवा बन्द
काठमाडौं:सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुका चिकित्सकमाथि दुर्व्यवहार भएको छ । सोमबार दिउसो साढे ४ बजे सोलुखुम्बु अस्पतालमा आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रशान्त शाहले जानकारी दिए।
मदक पदार्थ सेवन गरेका एक ब्यक्ति अस्पतालको ईमर्जेन्सीमा प्रवेश गरेर चिकित्सकमाथि दुर्व्यवहार गरेको डा शाहले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । ’एक जना व्यक्ति मादक पदार्थ सेवन गरी सवारी दुर्घटनामा परी अस्पतालको आकस्मिक कक्षमा आएर ड्यूटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपशब्द प्रयोउग गर्दै गालीगलौज र खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरी यस अस्पतालमा तोडफोड प्रयास गरेको,’ अस्पतालका निमित्त निर्देशक डा शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उनले दोषीमाथि कारबाहीको माग समेत गरेका छन्। दोषीलाई कारबाही नगरेसम्म अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने जनाइएको छ ।

Share on Twitter