कार्यालय सुरु हुनुअघि कम्तिमा १५ मिनेट योग अभ्यास गर्न कर्मचारीलाई गृहमन्त्रालयको परिपत्र
काठमाडौं:गृह मन्त्रालयले कर्मचारीहरुलाई बिहान कार्यालय सयम सुरु हुनुअघि कम्तिमा १५ मिनेट योग अभ्यास गर्न भन्दै परिपत्र गरेको छ ।
गृह मन्त्रालयका उपसचिव भिमकान्त शर्माले बुधबार एक परिपत्र जारी गर्दै महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न भनेका छन् ।
यसअघि केही कर्मचारीको हकमा शिविर सञ्चालन भएको र अन्यको हकमा हुन बाँकी रहेको पत्रमा भनिएको छ।

Share on Twitter