पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे
काठमाडौं:नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शुक्रबार भारतबाटै मुल्य बढेको सूचना आएपछि स्वचालित प्रणली अनुसार निगमले मुल्य बढाएको जनाएको छ ।
आज रातिदेखि नै नयाँ मूल्य लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको ३ रुपैयाँ मूल्यवृद्धि गरिएको छ ।
मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुगेको छ । मूल्य समायोजनसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८३ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर रु एक सय ७२ र डिजेल/मट्टितेल प्रतिलिटर रु एक सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ८० रुपैयाँ ५० पैसा र डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ ।

Share on Twitter