सुन र चाँदीको मूल्य कति पुग्यो
काठमाडौं:सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार, तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ९ सय, तेजावी सुन एक लाख ११ हजार ३५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।
Share on Twitter