कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस सेवा सुरु
काठमाडौं:कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलाइसिस सेवा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार औपचारिक रूपमा डायलाइसिस सेवाको शुभारम्भ गरेका छन् ।
सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलाइसिस मेसिन दिएको छ । अहिले २ वटा मेसिन मात्र प्रयोगमा ल्याइएको छ । बिरामीको चाप बढ्दै गए अरु मेसिनपनि संचालनमा ल्याउने अस्पतालले जनाएको छ ।
त्यसैगरी आजै विश्व स्वास्थ्य संगठनले दिएको प्रतिष्ठानमा सिमुलेसन ट्रेनिङ ल्यावका लागि आवश्यक स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरिएको छ । सेवा सुरु भएपछि मिर्गौला रोगी अन्यन्त्र जानुपर्ने बाध्यता हट्ने अस्पतालको विश्वास छ ।
Share on Twitter