कान्ति बाल अस्पतालको सौन्दर्यीकरणमा हिमालयन बैंकको सहयोग
काठमाडौं: हिमालयन बैंक लिमिटेडले कान्ति बाल अस्पताललाई बीस लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
अस्पातालले कारोबार गर्दै आएको बैँकले अस्पतालको प्रवेशद्धार निर्माण र अस्पतालको सौन्दर्यीकरणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गर्न लागेको अस्पतालका निर्देशक डा. युबानिधी बसौलाले जानकारी दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा सहितको प्रतिनिधिमण्डलले अस्पतालका अध्यक्ष डा. बाबुराम गौतम र निर्देशक डा. युबानिधी बसौलासँग भेटेर बीस लाख रुपैँया सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
Share on Twitter