एक वर्षमा सवा ७ अर्बभन्दा बढीको स्वास्थ्य उपकरण आयात
काठमाडौं: नेपालमा एक बर्षको अवधिमा ७ अर्ब ३० करोड भन्दा बढी मुल्यका स्वास्थ्य सामाग्री भित्रिएको छ ।
देशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाका लागि एक वर्षमा ७ अर्ब ३० करोड ७८ लाखका सामग्री भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।
गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न संस्थाले १७१ पटक उपकरण तथा स्वास्थ्य सामग्री नेपाल भित्राएका हुन्। सरकारी, सामुदायिक र निजी अस्पताल तथा स्वास्थ्य संस्थादेखि अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले समेत उपकरणहरु नेपालमा ल्याएको देखिन्छ।
नेपाल सरकारलाई अनुदानमा आएका उपकरणको मूल्य पनि यसमा समावेश गरिएको छ। यी सबै उपकरणमा स्वास्थ्य मन्त्रालयले राजश्व छुट दिएको छ ।
Share on Twitter