भष्ट्राचारका सबै फाईल खोलिन्छ : सञ्चारमन्त्री शर्मा
दाङ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले भ्रष्ट्राचारका मुद्धालाई टुङ्गोमा पुर्याउने बताएकी छन् । प्रेस सेन्टर नेपाल दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शार्मले भुटानी शरनार्थी , ललिता निवासी र सुन प्रकरणका बिषयमा सरकारले अनुसन्धान जारी राखेको भन्दै घटनाको सत्यतथ्य बुझी दोषीमाथी कारर्वाही हुने बताइन् ।
सरकार गठन भएदेखि नै सुशासन र सेवा प्रवाहका बिषयमा सरकारले ध्यान केन्द्रीत गरेको बताउँदै बिगतमा भएका बदमासी पूर्ण कामहरुलाई उजागर गर्दै यस्ता घटना नियन्त्रण गर्न सरकारले थालेको उनको भनाइ छ ।
सरकारका प्रवत्ता समेत रहनु भएका मन्त्री शर्माले मुलुक न्याय र समृद्धिको पक्षमा अगाडी बढेको बताउँदै खराव कुराका विरुद्ध लड्दै सरकार शुसासनका पक्षमा निरन्तर काम गरेको बताइन् । यतिबेला सरकारलाई बलियो साथ आबश्यक रहेको बताउँदै मन्त्री शर्माले भष्ट्राचारका अन्य फाईल सरकारले खोल्दै जाने बताइन ।
Share on Twitter