कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं: कास्की केन्द्रविन्दु भएर भुइँचालो गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।
Share on Twitter