ट्रुमीका हेयर तथा स्कीन केयर नेपाली बजारमा
काठमाडौं:अमेरिकी कम्पनि ट्रुमीका हेयर तथा स्कीन केयरका उत्पादन नेपाली बजारमा भित्रिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारका तथा ब्राण्ड एम्वेस्डर रुश्का वैद्य श्रेष्ठलेले ट्रु–मीका विभिन्न उत्पादनहरुको औपचारिक रुपमा सार्वजनिक गरेका हुन्।
नेपालका लागि कारोवारको आधिकारिता पाएको कम्पनी ट्रुडर्मा एसए प्रालिका अध्यक्ष मुरारकाले औपचारिक सार्वजनिक भएसँगै देशभरि विक्रि वितरण सुरु हुने जानकारी दिए । कम्पनीले अमेरिकन प्रविधिमा आधारित कपालसम्बन्धी सबै खालका केरोटिन उपचार, केरोटिन स्याम्पो, सेरम, वाक्स र फेसियललगाय रेन्जका उत्पादन बजारमा ल्याएको हो।
उत्पादनबारे बोल्दै नायिका स्वस्तिमा खड्काले ट्रु–मीले उत्पादन गरेका सामाग्री गुणस्तरीय र प्रभावकारी हुने विश्वासका साथ यो ब्राण्डसँग आफु जोडिएको बताइन्। उनले यो शौन्दर्य मात्र हैन छालाको स्वास्थ्यसँग पनि जोडिएको विषय भएकाले डाक्टरको सल्लाह बिना औषधि खान हुँदैन भनेजस्तै स्किनमा पनि जथाभावी उत्पादन प्रयोग गर्न नहुने बताइन्।
कार्यक्रममा ट्रु–मीका उत्पादनका लागि ब्राण्ड एम्बेस्डर तथा सिनियर व्युटी स्पेसलिस्ट रुश्का बैद्य श्रेष्ठले टूमीको उत्पादन क्लिनिकल्ली प्रमाणित गरेको र यसका उत्पादन छाला बिशेषज्ञले समेत सिफारिस गरेकाले कुनै हानिकारक तथा रसायन पदार्थसमेत नरहेको जानकारी दिइन्।
Share on Twitter