सार्बजनिक यातायातको भाडा घट्यो
काठमाडौं: सार्वजनिक यातायातको भाडा घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएसंगै यातायात ब्यवस्था विभागले सार्बजनिक यातायातको भाडा घटाएको हो । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएको थियो।
स्वचालित प्रणालीअनुसार डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो। यसैलाई आधार बनाएर विभागले यात्रुवाहक सवारी साधनमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ ।
यसैगरी, मालवाहक सवारीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको छ। घटेको भाडा आज सोमबारदेखि नै लागू हुने विभागले जनाएको छ ।
Share on Twitter